चर्चित गायिका सिम्रन परियारको स्वरमा “बुट्टे चोली” सार्वजनिक: झ्याउरे भाकामा युवा जोश र आधुनिक डान्सको मिश्रण

Image
Nisarga Hospital

अत्तरियाः नविन डिजिटल युगलाई लक्षित गर्दै नयाँ नेपाली गीत “बुट्टे चोली” सार्वजनिक गरिएको छ। नविन दुलाल र चर्चित गायिका सिम्रन परियारको स्वर रहेको यस गीतलाई (NP Production) एनपी प्रोडक्सनले युट्युबमार्फत रिलिज गरेको हो।

CP Hospital Dhangadhi

गीतमा परम्परागत झ्याउरे भाकालाई आधुनिक शैलीसँग मिश्रण गर्दै युवापुस्ताको भावना, प्रेम र तन्नेरीपनका विषयवस्तु समेटिएको छ। विशेषगरी टिकटक, रिल्स तथा डान्स भिडियोका लागि उपयुक्त हुने गरी तयार गरिएको यो गीतमा आकर्षक बिट र रंगीन सांस्कृतिक झल्को देख्न सकिन्छ।

एनपी प्रोडक्सनले आफूलाई उदाउँदै गरेको प्रोडक्सन हाउसका रूपमा प्रस्तुत गर्दै ड्रोन, क्यामेरा, एडिटिङ उपकरण, लेन्स र जिम्बलसहित सम्पूर्ण प्राविधिक सुविधा रहेको जनाएको छ।

nawajiwan
Attariya Hospital

कम्पनीले म्युजिक भिडियो, सर्ट फिल्म, फोटोसुट तथा विवाह कार्यक्रमको सम्पूर्ण कभरेज सेवा समेत प्रदान गर्दै आएको छ।