आइतबारको सार्वजनिक बिदा खारेज हुने हल्ला असत्य, सरकारद्वारा खण्डन

Image
Nisarga Hospital

सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गर्न लागेको भन्ने समाचारलाई असत्य भन्दै स्पष्ट खण्डन गरेको छ। केही सञ्चारमाध्यममा सरकारले शनिबार र आइतबार दिँदै आएको सार्वजनिक बिदामध्ये आइतबारको बिदा हटाउने तयारी गरेको समाचार प्रकाशित भएपछि सरकारको तर्फबाट स्पष्टिकरण आएको हो।

CP Hospital Dhangadhi

प्रधानमन्त्रीको सचिवालय अन्तर्गत प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले आइतबारको बिदा खारेज गरिएको भन्ने दाबी गलत भएको बताइन्। उनका अनुसार यस विषयमा सरकारले कुनै निर्णय नगरेको र हालसम्म यस्तो कुनै तयारी समेत नभएको स्पष्ट गरिएको छ।

Attariya Hospital

यसअघि पश्चिम एसियामा देखिएको इन्धन मूल्यवृद्धि र त्यसले जनजीवनमा पारेको प्रभावलाई मध्यनजर गर्दै गत चैत २२ गतेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। साथै, कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म कायम गरिएको थियो।

nawajiwan

सरकारले सार्वजनिक बिदासम्बन्धी निर्णयबारे गलत सूचना नफैलाउन आग्रह गर्दै आधिकारिक जानकारी मात्र विश्वास गर्न अनुरोध गरेको छ।