नेपाली सेनाद्वारा मर्मत गरिएको ऐतिहासिक तिखागढी नगरपालिकालाई हस्तान्तरण

Image
Nisarga Hospital

डोटीको ऐतिहासिक तिखागढी मर्मतपछि नेपाली सेनाले दिपायल सिलगढी नगरपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ। नेपाली सेनाको ५ नम्बर बाहिनीका बाहिनीपति सरोजकुमार अधिकारीले नगर प्रमुख विजय खड्कालाई गढी हस्तान्तरण गरेका हुन्।

CP Hospital Dhangadhi

सेनाले आफ्नै स्रोतमा ‘शीघ्र प्रभावी आयोजना’ अन्तर्गत भैरव दल गणमार्फत तिखागढीको मर्मत तथा संरक्षण कार्य सम्पन्न गरेको जनाएको छ। प्राचीन डोटी राज्यकालीन सैन्य गढीका रूपमा परिचित तिखागढी दिपायल सिलगढी नगरपालिका–१ तिखा गाउँमाथिको डाँडामा अवस्थित छ।

Attariya Hospital

लामो समयदेखि संरक्षण र मर्मतको अभावमा जीर्ण अवस्थामा पुगेको ऐतिहासिक गढीलाई पुनः संरक्षित गरी स्थानीय सरकारलाई जिम्मा लगाइएको हो। यसले क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। स्थानीय तहले अब यसको संरक्षण र पर्यटन प्रवर्द्धनमा ध्यान दिने जनाएको छ।

nawajiwan