होर्मुज जलमार्ग अवरोधले विश्व व्यापार प्रभावित, १,२०० भन्दा बढी जहाज फसे

Image
Nisarga Hospital

मध्यपूर्वमा बढ्दो तनावका कारण स्ट्रेट अफ होर्मुज जलमार्ग बन्द हुँदा १,२०० भन्दा बढी मालवाहक जहाजहरू करिब १२५ अर्ब अमेरिकी डलर बराबरको सामानसहित प्रभावित भएको बेलायती पत्रिका फाइनान्सियल टाइम्सले बीमा कम्पनी एलियान्जको प्रतिवेदन उद्धृत गर्दै जनाएको छ।

CP Hospital Dhangadhi

एलियान्जका समुद्री मामिला प्रमुख जस्टस हेनरिकका अनुसार विश्वकै महत्वपूर्ण जलमार्गमध्ये एक मानिने होर्मुज बन्द हुँदा बीमा कम्पनीहरूको जोखिम मूल्याङ्कन र दायित्व व्यवस्थापनमा ठूलो असर परेको छ। जलमार्ग अवरुद्ध हुँदा विश्वव्यापी आपूर्ति श्रृंखला, ऊर्जा ढुवानी तथा अन्तर्राष्ट्रिय व्यापारमा समेत दबाब सिर्जना भएको बताइएको छ।

Attariya Hospital

यद्यपि संयुक्त राज्य अमेरिका र इरानबीच भएको सहमतिपछि जलमार्ग पुनः सञ्चालनतर्फ उन्मुख भएको र समुद्री ढुवानी क्रमशः सहज बन्दै गएको जनाइएको छ। आधिकारिक तथ्यांकअनुसार पछिल्लो हप्तामा ६९ वटा जहाज खाडी क्षेत्रबाट बाहिरिएका छन्, जबकि त्यसअघिको हप्तामा यो संख्या २४ मात्र थियो। फेब्रुअरीमा द्वन्द्व सुरु भएयताकै यो सबैभन्दा उच्च साप्ताहिक ढुवानी गतिविधि मानिएको छ।

nawajiwan

द्वन्द्वका कारण मानवीय तथा आर्थिक क्षति पनि गम्भीर बनेको छ। अन्तर्राष्ट्रिय सामुद्रिक संगठनका अनुसार हालसम्म १४ जना नाविकको मृत्यु भएको छ भने ४० भन्दा बढी जहाज क्षेप्यास्त्र आक्रमणको निशानामा परेका छन्। लामो समय समुद्रमा अलपत्र परेका चालक दलका सदस्यहरू थप संकटमा परेको बताइएको छ।