त्रिवेणी सुन्तला बाली आई.पि.एम. कृषक पाठशाला अन्तर्गत कृषक दिवस सम्पन्न

Image
Nisarga Hospital

डोटीः बडीकेदार गाउँपालिका–४ टिमुट्टामा सञ्चालित श्री त्रिवेणी सुन्तला बाली आई.पि.एम. कृषक पाठशाला अन्तर्गत कृषक दिवस कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

CP Hospital Dhangadhi

समूह अध्यक्ष तुलाराम जेठारा को अध्यक्षतामा सम्पन्न कार्यक्रममा बडीकेदार गाउँपालिकाका उपाध्यक्ष डम्बरी बिष्ट कलेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, डडेल्धुरा का प्रमुख पिताम्बर बस्नेत, बडीकेदार गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष कर्ण बहादुर जेठारा, कृषि अधिकृत शिला बस्याल, ना.सु. जगदीश तिवारी, वडा नं. ४ का ना.प्रा.स. सुरेन्द्र शाह, कृषि प्राविधिक चेतल भट्ट तथा बालकिसुन चौधरी विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

कार्यक्रममा सुन्तला खेतीको वर्तमान अवस्था, बगैंचा व्यवस्थापन, रोग तथा कीरा नियन्त्रण, उत्पादन वृद्धि, बजार व्यवस्थापन तथा कृषकहरूको आयआर्जन अभिवृद्धिका विषयमा छलफल गरिएको थियो। सहभागी कृषकहरूले पाठशालाबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै सुन्तला उत्पादनमा थप वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

nawajiwan

Attariya Hospital

प्रमुख अतिथि डम्बरी बिष्ट कलेल ले कृषकहरूको आर्थिक समृद्धिका लागि आधुनिक कृषि प्रविधिको प्रयोग आवश्यक रहेको बताउँदै स्थानीय सरकारले कृषि क्षेत्रको विकासमा आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका प्रमुख पिताम्बर बस्नेत ले सुन्तला खेतीको व्यवसायीकरण, उत्पादन वृद्धि र कृषकको क्षमता विकासका लागि कार्यक्रम निरन्तर सञ्चालन हुने जानकारी दिनुभयो।

कार्यक्रममा टिमुट्टा क्षेत्रका उद्यमी कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कृषक दिवसले कृषकहरूबीच अनुभव आदानप्रदान, समस्या पहिचान तथा समाधानका उपायबारे साझा छलफल गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।