युक्रेन युद्ध अन्त्यका लागि अमेरिकासँग थप वार्तामा तयार रहेको पुटिनको घोषणा

Image
Nisarga Hospital

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धको समाधानका लागि अमेरिकासँग थप वार्ता गर्न रुस तयार रहेको बताएका छन्। रुसी समाचार एजेन्सी आरटी र तासका अनुसार पुटिनले अमेरिकाको एन्कोरेजमा भएको वार्तामा रुसले प्रस्तावित सर्तहरू स्वीकार गर्न सकारात्मक प्रतिक्रिया दिएको उल्लेख गरेका हुन्।

CP Hospital Dhangadhi

\

पुटिनका अनुसार एन्कोरेजमा कुनै औपचारिक सम्झौता वा हस्ताक्षर भएको थिएन। वार्तामा मुख्य रूपमा युक्रेन द्वन्द्व अन्त्य गर्ने सम्भावनाबारे छलफल भएको उनले बताए। उनले अमेरिकी राष्ट्रपति परिपक्व राजनीतिज्ञ भएकाले बाह्य दबाबका आधारमा निर्णय लिने सम्भावना नरहेको पनि उल्लेख गरे।

nawajiwan
Attariya Hospital

उनले रुसलाई सम्झौता गर्न प्रस्ताव गरिएको र त्यसलाई प्रारम्भिक रूपमा विचार गरेपछि स्वीकार गर्न तयार भएको बताए। यद्यपि, त्यसपछि अमेरिकी प्रशासनबाट कुनै थप औपचारिक प्रतिक्रिया प्राप्त नभएको उनको भनाइ छ।

रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार पुटिनले युक्रेनसँग सम्बन्धित सबै विषयमा अमेरिकासँग संवादलाई निरन्तरता दिन रुस इच्छुक रहेको स्पष्ट पारे। उनले सबै पक्षका चासो र विवरण समेट्ने गरी थप छलफल आवश्यक रहेको उल्लेख गर्दै पूर्ण सहमति तत्काल सम्भव नभए पनि कूटनीतिक प्रयास जारी राख्नुपर्ने धारणा व्यक्त गरे।

पुटिनको पछिल्लो अभिव्यक्तिलाई युक्रेन युद्ध समाधानका लागि कूटनीतिक पहललाई अघि बढाउने संकेतका रूपमा हेरिएको छ।