साउदी अरबबाट ३३ नेपाली कैदीलाई शाही आममाफी, नेपाल सरकारद्वारा आभार व्यक्त

Image
Nisarga Hospital

साउदी अरब सरकारले रमजानको अवसरमा ३३ जना नेपाली कैदीलाई शाही आममाफी प्रदान गरेको छ। परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै आममाफी पाएका नेपालीले आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि नेपाल फर्कन पाउने जनाएको छ।

CP Hospital Dhangadhi

मन्त्रालयका अनुसार साउदी अरबस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधपछि साउदी सरकारले उक्त निर्णय लिएको हो। नेपाल सरकारले यस मानवीय निर्णयप्रति साउदी सरकारप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ।

Attariya Hospital

परराष्ट्र मन्त्रालयले यो कदम नेपाल–साउदी अरबबीच लामो समयदेखि कायम रहेको मित्रता, आपसी विश्वास, सद्भाव र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको महत्वपूर्ण उदाहरण भएको उल्लेख गरेको छ। साथै, भविष्यमा पनि दुई देशबीच श्रम, कूटनीति र नागरिक हितका विषयमा सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।

nawajiwan

साउदी सरकारको यस निर्णयले कैदीका परिवारमा राहतको अनुभूति गराएको छ भने विदेशमा रहेका नेपाली नागरिकको हित र सुरक्षाका लागि नेपाल सरकारले निरन्तर कूटनीतिक पहल गरिरहेको सन्देशसमेत दिएको छ।