बाजुरामा जिप दुर्घटना : चालकसहित ९ जना घाइते, चारको अवस्था मध्यम

Image
Nisarga Hospital

बाजुराको हिमाली गाउँपालिका–५ क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा सोमबार जिप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। सोमबार दिउँसो करिब साढे १ बजे सुप्रप्र ०१–००१ ज १८७८ नम्बरको जिप सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi

दुर्घटनामा चालक हिमाली गाउँपालिका–२ नातीखोलाका २५ वर्षीय जनवीर बुढासहित धर्मलाल बुढा, मिजरा बुढा, अम्मर सिंह बुढा, अस्मिता थापा, जंग सिंह बुढा, गोरख रोकाया, लोकेन्द्र बुढा र ९ वर्षीया सुस्मा बुढा घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेमध्ये चार जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था सामान्य छ।

Attariya Hospital

सबै घाइतेलाई उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।

nawajiwan