निर्मला पन्त प्रकरणमा राष्ट्रिय सभामा गृहमन्त्रीको अस्वीकार: ‘यो प्रश्नको उत्तर दिन चाहन्नँ’

Image
Nisarga Hospital

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणबारे राष्ट्रिय सभामा उठेको प्रश्नको गृहमन्त्रीले प्रत्यक्ष उत्तर दिन अस्वीकार गरेका छन्। बिहीबारको प्रश्नोत्तर कार्यक्रममा सांसद विष्णुबहादुर विश्वकर्माले अनुसन्धानको प्रगति र दोषी कहिले पक्राउ पर्छन् भन्ने प्रश्न उठाएका थिए।

CP Hospital Dhangadhi

प्रारम्भिक जवाफमा गृहमन्त्रीले घटनालाई अत्यन्त संवेदनशील भन्दै अनुसन्धान सूक्ष्म रूपमा जारी रहेको बताए। उनले सांसदलाई उल्टै प्रश्न गर्दै, “तपाईं सत्तामा हुँदा किन गर्नुभएन? आमाको घाउ संसद्मार्फत कोट्याइरहने कि न्याय दिने?” भन्ने प्रतिक्रिया दिए। साथै, यो विषय बारम्बार सदनमा नउठाउन आग्रह गर्दै व्यक्तिगत रूपमा जिज्ञासा राख्न सुझाव दिए।

त्यसपछि सभाध्यक्ष नारायणप्रसाद दाहालले सांसद विश्वकर्मालाई पूरक प्रश्न सोध्न समय दिए। सांसदले संसद्मा प्रश्न सोध्नु आफ्नो संवैधानिक अधिकार भएको उल्लेख गर्दै पुनः “निर्मलाका हत्यारा कहिले पक्राउ पर्छन्?” भनेर प्रश्न गरे।

nawajiwan
Attariya Hospital

दोस्रो पटक जवाफ दिन रोस्ट्रममा पुगेका गृहमन्त्रीले भने, “म यसको उत्तर दिन चाहन्नँ,” भन्दै थप प्रतिक्रिया दिन अस्वीकार गरे। मन्त्रीको यस अभिव्यक्तिपछि केहीबेर बैठकमा अन्योलको अवस्था सिर्जना भएको थियो।

२०७५ साउन १० गते भीमदत्त नगरपालिकामा भएको निर्मला पन्त हत्या प्रकरणमा वर्षौं बितिसक्दा पनि दोषी सार्वजनिक हुन नसक्दा न्यायको माग अझै कायम छ।