शुक्रबारको विशेष धार्मिक महत्त्व: सन्तोषी माता, वैभवलक्ष्मी र अन्नपूर्णेश्वरीको पूजाले सुख–समृद्धि प्राप्त हुने विश्वास

Image
Nisarga Hospital

हिन्दू धर्मावलम्बीहरूले शुक्रबारलाई विशेष धार्मिक आस्थाको दिनका रूपमा मनाउँदै सन्तोषी माता, वैभवलक्ष्मी, अन्नपूर्णेश्वरी र दुर्गा भवानीको पूजा–आराधना गर्ने परम्परा रहेको छ। धर्मशास्त्रअनुसार यस दिन विधिपूर्वक व्रत बसेर माता लक्ष्मीको पूजा गरे आर्थिक समृद्धि, सुख–शान्ति र मनोकामना पूरा हुने धार्मिक विश्वास छ।

CP Hospital Dhangadhi

शुक्रबार व्रत बस्नेहरूले फलाहारका रूपमा चना र सख्खर सेवन गर्नु उत्तम मानिन्छ भने अमिलो पदार्थ खानु वर्जित रहेको उल्लेख गरिएको छ। साथै सेतो वस्त्र धारण गर्ने, घरमा खीर बनाएर गरिब तथा आवश्यकतामा रहेका व्यक्तिलाई वितरण गर्ने चलन पनि रहेको छ, जसले घरमा अन्न र धनको अभाव नहुने जनविश्वास छ।

Attariya Hospital

ज्योतिषशास्त्रअनुसार शुक्र ग्रह प्रतिकूल अवस्थामा रहेकाले जीवनमा समस्या देखिए शुक्रबार व्रत बस्नु, सेतो रंगका वस्तु, रेशमी कपडा, चिनी, चन्दन, कपुर, सुगन्धित सामग्री तथा अन्य दान गर्नु शुभ मानिन्छ। शुक्रसँग सम्बन्धित रत्न दान गर्दा पनि सकारात्मक फल प्राप्त हुने विश्वास गरिन्छ।

nawajiwan

धार्मिक आस्था र परम्पराअनुसार शुक्रबारको पूजा, व्रत र दानले पारिवारिक सुख, आर्थिक उन्नति तथा मानसिक शान्ति प्राप्त हुने विश्वास रहिआएको छ।