बुधबारका दिन यी धार्मिक कर्म गर्दा शुभ फल मिल्ने विश्वास

Image
Nisarga Hospital

हिन्दू धर्मशास्त्रमा सातै बारलाई विभिन्न देवी–देवता तथा ग्रहसँग सम्बन्धित मानिन्छ। विशेष व्रत तथा उपवासबाहेक पनि श्रद्धालुहरूले आफूअनुकूल दिनमा पूजा, आराधना र व्रत गर्ने परम्परा रहिआएको छ।

CP Hospital Dhangadhi

‘बुध’ ग्रहसँग सम्बन्धित बुधबारलाई भगवान श्रीकृष्ण तथा भगवान गणेशको आराधनाका लागि विशेष शुभ मानिन्छ। यस दिन तुलसीपत्र अर्पण गरी भगवान श्रीकृष्णको पूजा तथा व्रत गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ। साथै नयाँ कार्यको सुरुवातका लागि पनि बुधबारलाई शुभ दिन मानिन्छ।

Attariya Hospital

बुधबार गाईलाई हरियो घाँस खुवाउँदा देवी–देवताको कृपा प्राप्त हुने विश्वास गरिन्छ। यस दिन मुगको दाल दान गर्दा कष्ट तथा बाधा निवारण हुने धार्मिक मान्यता छ। भगवान गणेशलाई सिन्दूर तथा लड्डु अर्पण गर्दा मनोकामना पूरा हुने विश्वास पनि पाइन्छ। कुण्डलीमा बुध ग्रह कमजोर वा दोषयुक्त भएकाहरूले बुधबार गणेशको पूजा–आराधना गर्नु फलदायी हुने ज्योतिषीय मान्यता छ।

nawajiwan