किशोर श्रेष्ठ पक्राउ प्रकरणमा ‘जनआस्था’ कार्यालयमा बिहानै प्रहरीको टोली

Image
Nisarga Hospital

‘जनआस्था’ साप्ताहिकका सम्पादक तथा प्रकाशक किशोर श्रेष्ठ पक्राउ प्रकरणमा प्रहरीले आज बिहानै ललितपुरस्थित पत्रिकाको कार्यालयमा पुगेर छापा मार्ने प्रयास गरेको खुलेको छ। वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

CP Hospital Dhangadhi

श्रेष्ठ पक्राउ परेपछि उनको निवासमा समेत प्रहरीले छापा मारेर विद्युतीय उपकरण नियन्त्रणमा लिएको बताइएको छ। त्यसपछि बिहानै ‘जनआस्था’ कार्यालयमा प्रहरी टोली पुगेको हो।

Attariya Hospital

पत्रकार पक्राउ तथा कार्यालयमा प्रहरी प्रवेशको घटनाप्रति नेपाल पत्रकार महासङ्घलगायत विभिन्न पत्रकारसम्बद्ध संस्थाहरूले आपत्ति जनाएका छन्। प्रेस स्वतन्त्रता र पत्रकारिताको व्यावसायिक अधिकारमाथि हस्तक्षेप नगर्न उनीहरूले माग गरेका छन्। पत्रकार संस्थाका प्रतिनिधिहरूले यसअघि नै प्रहरी कार्यालयमा पुगेर विरोध जनाएका थिए।

nawajiwan

समाचार प्रकाशनसँग सम्बन्धित विषयमा कानुनी प्रक्रिया अपनाउनुपर्ने भन्दै पत्रकारहरूले पक्राउ र कार्यालयमा छापा मार्ने प्रहरी कदमको विरोध गरेका छन्। घटनाले प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा र कानुनी प्रक्रियाबारे पुनः बहस चर्काएको छ।