मन्त्री लम्साललाई भाइरल ज्वरो, थप उपचारका लागि काठमाडौं लैजाने तयारी

Image
Nisarga Hospital

बैतडीः सुदूरपश्चिम भ्रमणमा रहेका पूर्वाधार विकास मन्त्री सुनिल लम्साल बिरामी परेपछि थप उपचारका लागि काठमाडौं फर्काउने तयारी गरिएको छ। भाइरल ज्वरो र रुघाखोकी देखिएपछि उनी अहिले बैतडीको गोठालापानीस्थित हेरिटेज होटलमा आराम गरिरहेका छन्।

CP Hospital Dhangadhi

मन्त्रीका प्राविधिक सल्लाहकार दिनेश रावतका अनुसार लम्साललाई भाइरल ज्वरो देखिएको र स्वास्थ्य अवस्थाका आधारमा काठमाडौं फर्काउने तयारी भइरहेको छ। जिल्ला अस्पताल बैतडीका एमडीजीपी डा. पविन उपाध्यायले शनिबार बिहान स्वास्थ्य परीक्षण गर्दै सामान्य भाइरल ज्वरो तथा रुघाखोकीको समस्या देखिएको बताएका थिए।

Attariya Hospital

स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्सालका बझाङ जानेसहितका निर्धारित कार्यक्रम प्रभावित भएका छन्। हाल होटलमा मन्त्री र उनका पीएसओ मात्र रहेको बताइएको छ।

nawajiwan

सुदूरपश्चिम भ्रमणका क्रममा मन्त्री लम्सालले डोटीको बीपीनगर पुगेर धनगढी–दिपायल द्रुतमार्गको अवलोकन गरेका थिए। त्यसपछि दार्चुला पुगेर महाकाली करिडोर तथा जिल्ला अस्पतालको भौतिक संरचनाको निरीक्षण गरेका थिए। दार्चुलाबाट शनिबार अबेर साँझ आफैँ गाडी चलाएर बैतडी पुगेका लम्साल त्यसपछि बिरामी परेका हुन्।