चैनपुर–ताक्लाकोट सडक भासिँदा ३० भन्दा बढी घर जोखिममा, यातायात अवरुद्ध हुने चिन्ता

Image
Nisarga Hospital

बझाङमा चैनपुर–ताक्लाकोट सडक भासिएपछि ३० भन्दा बढी घर जोखिममा परेका छन्। जयपृथ्वी नगरपालिका–११ स्थित रुइनाबगर गाउँको माथि र तलकोट गाउँपालिका–१, सुनिकोट गाउँको तल सडक भासिएको हो।

CP Hospital Dhangadhi

बझाङ सदरमुकाम चैनपुरबाट करिब पाँच किलोमिटर उत्तरमा रहेको सडक भासिएपछि जिल्लाको उत्तरी क्षेत्रमा सञ्चालन हुने यातायात सेवा अवरुद्ध हुने जोखिम बढेको छ। सेती लोकमार्ग उत्तरखण्डअन्तर्गत चैनपुर–ताक्लाकोट सडक योजना कार्यालयले सूचना जारी गर्दै सडक भासिने क्रम जारी रहेकाले उक्त क्षेत्रमा सवारीसाधन चलाउँदा तथा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।

कार्यालयका अनुसार रुइनाबगर गाउँको माथिल्लो क्षेत्रमा करिब ४० मिटर र सुनिकोट बजारभन्दा तल करिब ३० मिटर सडक भासिएको छ। दुवै स्थानमा सडक करिब एक मिटर तल धसिएको कार्यालय प्रमुख वीरेन्द्र यादवले बताए। उनका अनुसार सडक दबिने क्रम अझै नरोकिएकाले थप क्षति हुन सक्ने जोखिम छ।

nawajiwan
Attariya Hospital

तत्कालका लागि अस्थायी मर्मत गर्ने र वर्षायाम सकिएपछि भित्तातर्फको संरचना काट्ने वा भासिएको स्थानमा पिलर तथा आरसीसी संरचना निर्माण गरी स्थायी समाधान गर्ने विषयमा अध्ययन भइरहेको यादवले बताए।

गत जेठमा मात्रै कालोपत्र सम्पन्न भएको यो सडक चीनको ताक्लाकोट जोड्ने महत्वपूर्ण मार्ग हो। हाल करिब ४० किलोमिटरसम्म यातायात सञ्चालन हुँदै आएको सडक तलकोट र साइपालका स्थानीय तथा साइपाल क्षेत्र पुग्ने पर्यटकका लागि मुख्य आवागमन मार्गसमेत हो।