देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ। हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। मधेस र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा समेत वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ।

nawajiwan
Attariya Hospital

आज राति हिमाली र पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ भने कोशी र सुदूरपश्चिमको तराईमा पनि बादल रहनेछ। बाँकी तराईमा आंशिक बदली रहने अनुमान छ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।

यस्तै, कोशी र लुम्बिनीका तराई भूभागका केही स्थान तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिमका तराईका थोरै स्थानमा समेत चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।