जोशीपुरमा बिपद जोखिम न्यूनीकरण बैठक तथा अभिमुखीकरण सम्पन्न

Image
Nisarga Hospital

बहुउद्देश्यीय बिकास समाज (MPDS) डडेल्धुराको आयोजनामा स्थानीय बिपद ब्यवस्थापन समितिका लागि बिपद जोखिम न्यूनीकरण बैठक तथा अभिमुखीकरण कार्यक्रम जोशीपुर गाउँपालिकाको हसनपुर,फाँडिया,मनिकापुरमा सम्पन्न भएको छ ।
बाढी प्रभावितहरुको बसोबास रहेको उक्त क्षेत्रमा हरेक बर्ष बाढी डुबानको जोखिम रहदै आएकाले संस्थाले स्थानीय बिपद ब्यवस्थापन समिति टास्कफोर्स गठन गरि बिभिन्न कार्यक्रम तथा योजनाहरु कार्यान्वयन गर्ने जनाएको छ।जोशीपुर गाउँपालिकाको समन्वय,KIA को सहयोगमा बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेल्धुरा द्घारा संचालित बाढी प्रभावित जनताका लागि आपतकालीन अवस्थामा तयारी प्रतिकार्य तथा बाढीको प्रभाव न्यूनीकरण परियोजना अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो ।
बाढी तथा डुबान प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणमा समुदायको ज्ञान सीप र क्षमता अभिवृद्धि गरि उनीहरुलाई नै परिचालन गर्ने उद्घेश्यले अभिमुखीकरण गरिएको थियोे ।
उक्त क्षेत्रमा बर्षाको समयमा वरपरका स्थानीयहरुले बर्षनी बाढी,डुबान तथा कटानीबाट थुप्रै क्षेती बेहर्नु पर्ने बाध्यता छ
अभिमुखीकरण बैठकमा हसनपुर बिपद ब्यवस्थापन समितिकि अध्यक्ष एंव भलमन्सा जय कुमारी डङगौराले समुदायसंगको समन्वय तथा सहकार्यमा MPDS संस्थाले बिपद जोखिम न्यूनीकरणका लागि टास्क फोर्सलाई प्रदान गरिएको अभिमुखिकरणले टास्कफोर्सको क्षमता अभिबृद्घि, सकृयता र परिचालनमा सहयोग पुग्ने बताउनुभयो ।
उहाँले बाढी तथा डुबानमा गाउँ पुरै डुब्ने भएकोले बिपद पूर्वतयारी योजना बलियो हुनुपर्ने बताउनु भयो ।
कार्यक्रममा फाँडिया बिपद ब्यवस्थापन समिति टास्कफोर्सका अध्यक्ष एंव भलमन्सा रामचरण डङगौराले बाढी तथा डुबानबाट बच्न र सचेतना अभिवृद्धी गर्ने कार्यमा यस्ता अभिमुखीकरणले विशेष सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा सहभागीहरुले बर्षेनी बाढी तथा डुबानबाट खैलाड बस्ती जोखिममा पर्ने भएकोले दिगो बिपद जोखिम व्यवस्थापनका लागि पहल गरि दिन आग्रह गरेका थिए ।
कार्यक्रममा बिपद जोखिम न्यूनीकरण,पूर्व तयारी,प्रतिकार्य योजना,टास्कफोर्सको परिचालन क्षमता अभिवृद्धि,पूर्व सूचना प्रणाली,बिपद बजेट योजना,जैबिक तटबन्ध लगायतका बिषयमा बहुउद्देश्यीय बिकास समाजका डिआरआर टेक्निकल एक्सपोर्ट राजेन्द्र रैका ले सहजीकरण गरेका थिए भने संचालन सामाजिक परिचालन प्रदिप पन्त ले गरेका थिए ।

CP Hospital Dhangadhi
Attariya Hospital