सुदूरपश्चिम विश्वविद्यालयको बीएएलएलबी प्रवेश परीक्षामा जानकी भट्ट प्रथम

Image
Nisarga Hospital

धनगढीः धनगढीस्थित एक्सिसका पूर्वकानून विद्यार्थी जानकी भट्टले सुदूरपश्चिम विश्वविद्यालयद्वारा सञ्चालित स्नातक तहको कानून (बीएएलएलबी) प्रवेश परीक्षा–२०८३ मा प्रथम स्थान हासिल गर्दै उत्कृष्ट सफलता हात पारेकी छन्।

CP Hospital Dhangadhi

मेहनत, लगनशीलता, अनुशासन र आत्मविश्वासलाई निरन्तरता दिँदै भट्टले प्रवेश परीक्षामा उत्कृष्ट प्रदर्शन गरेकी हुन्। एक्सिसमा अध्ययनका क्रममा हासिल गरेको ज्ञान, सीप र आत्मविश्वासलाई आधार बनाउँदै उनले कानून शिक्षाको क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताइएको छ।

भट्टको सफलताप्रति एक्सिस परिवारले गर्व व्यक्त गरेको छ। एक्सिसका प्लस टु संयोजक घनश्याम मलासीले उनको सफलता संस्था र समग्र एक्सिस परिवारका लागि गौरवको विषय भएको बताए। उनले भट्टलाई बधाई दिँदै आगामी शैक्षिक तथा व्यावसायिक यात्राका लागि शुभकामना व्यक्त गरेका छन्।

nawajiwan
Attariya Hospital

भट्टको यो उपलब्धिले एक्सिसमा अध्ययनरत विद्यार्थी तथा कानून शिक्षातर्फ अघि बढ्न चाहने नयाँ पुस्तालाई समेत मेहनत, अनुशासन र निरन्तर प्रयासका साथ लक्ष्य हासिल गर्न प्रेरणा मिल्ने संस्थाले जनाएको छ।

सुदूरपश्चिम विश्वविद्यालयको बीएएलएलबी प्रवेश परीक्षामा प्रथम स्थान हासिल गरेर भट्टले आफ्नो शैक्षिक क्षमता प्रस्तुत गरेकी छन्। उनको सफलतालाई एक्सिसले विद्यार्थीको मेहनत र संस्थाले प्रदान गरेको शैक्षिक वातावरणको सकारात्मक परिणामका रूपमा लिएको छ।