गण्डकी र बागमतीमा वर्षा, आज चार प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

गएराति गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा बागमती प्रदेशको सिन्धुपाल्चोकका अधिकांश स्थानमा १०० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ।

CP Hospital Dhangadhi

त्यस्तै, कास्की, लमजुङ, नुवाकोट र झापालगायत जिल्लाका केही स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।

Attariya Hospital

महाशाखाका अनुसार आज कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण ती क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

nawajiwan

आज राति पनि कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी एवं तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसम बदलीसँगै वर्षाको गतिविधि बढ्न सक्ने भएकाले यात्रा गर्दा पनि सावधानी अपनाउन आग्रह गरिएको छ।