नवजीवन सहकारी संस्थाको समन्वय समितिमा अभियन्ता राजेन्द्र रैका चयन

Image
Nisarga Hospital

कैलालीका अत्यन्तै सकृय मानवअधिकार तथा सामाजिक अभियन्ता,अधिकारकर्मी राजेन्द्र रैका देशकै अग्रेणी ख्याति प्राप्त सहकारी नवजीवन सहकारी संस्था लि को समन्वय समितिको सदस्यमा चयन भएका छन ।
नवजीवन सहकारी संस्था लि को संचालक समितिले अभियन्ता रैका लाई उक्त समन्वय समितिमा चयन गरेको हो ।

CP Hospital Dhangadhi

समाजसेवी अधिकारकर्मी रैका साढे दुई दशक देखि मानवअधिकार सामाजिक न्याय,रुपान्तरण, युवा सशक्तीकरण,दलित सिमान्तकृत समुदायको हक अधिकार एंव सहकारी ,सामाजिक बिकासका क्षेत्रमा कृयाशिल छन् ।

रैकालाई एक कार्यक्रमका बिच नवजीवन सहकारी संस्था लि संचालक समितिका अध्यक्ष गोपालराज पाठक र उपाध्यक्ष उत्तम जोशीले समन्वय समितिमा चयन गरिएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

nawajiwan
Attariya Hospital

कैलाली जिल्लामा रहि सामाजिक एंव मानवअधिकारका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याए बाफत यसअघि उनी युवा प्रतिभा राष्ट्रिय सम्मान २०७८ बाट समेत सम्मानित भई सकेका छन्

अधिकारकर्मी रैका सामाजिक बिकास जागरण मंच नेपालका केन्द्रीय अध्यक्ष,मानवअधिकार संरक्षण मंच नेपालका सुदूरपश्चिम प्रदेश सचिब, सुदूरपश्चिमको ऐतिहासिक कैलाली जनपुस्तकालयको संचालक समितिका कोषाध्यक्ष,दलित गैरसरकारी संस्थामहासंघका सुदूरपश्चिम प्रदेश सहसचिव र दलित अधिकारका लागि राष्ट्रिय संजालका महासचिव पदमा रहि मानवअधिकार तथा सामाजिक न्याय,सहकारी शिक्षा र रुपान्तरणको क्षेत्रमा कृयाशिल छन् ।