रसुवा बाढीपछि ३३६ जनाको हवाई उद्धार, २१ भारतीय पर्यटक पनि उद्धारको तयारीमा

Image
Nisarga Hospital

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित ३३६ जनाको हवाई उद्धार गरिएको छ। आज बिहानदेखि टिमुरे, धुञ्चे र मैलुङ क्षेत्रबाट ६ देशका ४५ विदेशी नागरिकसहित उनीहरूको उद्धार गरिएको हो।

CP Hospital Dhangadhi

नेपाली सेनाका सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार करिब ४ हजार सुरक्षाकर्मीको समन्वयमा घाइतेको खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत वितरण भइरहेको छ। टिमुरे क्षेत्रमा सम्पर्कविहीन रहेका २१ भारतीय पर्यटकको पनि उद्धार गरी काठमाडौं ल्याउने तयारी भइरहेको सेनाले जनाएको छ।

सरकारले प्रभावित तथा नदी तटीय क्षेत्रमा खोज, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ। जोखिममा रहेका नागरिकका लागि सेनाले बुधबार रातिदेखि नै खाद्य सामग्री, टेन्ट र औषधिलगायत राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याएको जनाएको छ।

nawajiwan
Attariya Hospital

उद्धार तथा खोजी कार्यमा नेपाली सेना, अन्य सुरक्षा निकाय, निजी क्षेत्रका हेलिकप्टर तथा पैदल टोली परिचालन गरिएको छ। टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रमा फसेका नागरिकको उद्धार तथा बेपत्ताको खोजी जारी छ।

सरकारले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै सबै सरकारी संयन्त्रलाई राहत, उद्धार र खोजी कार्यमा केन्द्रित गरेको जनाएको छ।