देशभर मनसुनी प्रभाव कायमै, पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान आसपास रहेको छ। यसको प्रभावले हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ भने तराईमा आंशिक बदली रहेको छ।

CP Hospital Dhangadhi

हाल कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेसका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका केही तथा मधेस र कोशीका तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

nawajiwan
Attariya Hospital

कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा लुम्बिनीका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभाग तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग र लुम्बिनीको पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।