त्रिशूली–नारायणी किनारमा भेटिएका १०२ शव पहिचानका लागि पोखरा लगियो

Image
Nisarga Hospital

भोटेकोशी बाढीले बगाएका व्यक्तिको खोजीका क्रममा त्रिशूली तथा नारायणी नदी किनारका विभिन्न स्थानमा फेला परेका १०२ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएको छ। धादिङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासीमा भेटिएका शवको स्थानीयस्तरमा व्यवस्थापन तथा परीक्षणको पर्याप्त व्यवस्था नभएपछि पोखरा पठाइएको कास्की प्रशासनले जनाएको छ।

CP Hospital Dhangadhi

बिहीबार राति पूर्वी नवलपरासीबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ शव पोखरा ल्याइएको हो। ती शवको व्यवस्थापन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ।

Attariya Hospital

यसैबीच, तनहुँका विभिन्न स्थानमा भेटिएका नौ शवको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणपछि मणिपाल शिक्षण अस्पताल पठाइएको छ। पोखराका सरकारी तथा निजी अस्पतालमा गरी ८८ शव व्यवस्थापनको क्षमता रहेको जनाइएको छ।

nawajiwan

स्थानीय प्रशासनले शवको परीक्षण गरी पहिचान खुलाउन सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको जनाएको छ।