कैलाली जनपुस्तकाय द्घारा रसुवा बाढी पिडितका लागि पच्चीस हजार सहयोग

Image
Nisarga Hospital

भोटेकोशी बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि कैलाली जनपुस्तकालय धनगढी,कैलालीले २५००० रुपैयाँ सहयोग गरेको छ ।

CP Hospital Dhangadhi

बाढीबाट ठूलो जनधनको क्षति भई कैयौँ परिवार पीडामा रहेका बेला पुस्तकालयको प्रबन्ध समितिको बैठकले भाद्र१३,१४ र १५ गतेको आफ्नो स्थापना दिवसको अवसरमा गरिने विभिन्न कार्यक्रमहरु स्थगित गरि बिपद प्रभावित क्षेत्रमा राहतका लागि रकम प्रदान गर्ने निर्णय गरेको पुस्तकालयका अध्यक्ष शिवराज ओझाले जानकारी दिनुभयो ।

Attariya Hospital

उहाँले बिपद प्रभावित क्षेत्रमा उद्घार राहत र प्रतिकार्यका लागि सामाजिक उत्तरदायित्व अन्तरगत सहयोग गरिएको बताउनु भयो ।

nawajiwan

पुस्तकालयको तर्फबाट २५००० रुपैयाँ नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ अन्तर्गत आधिकारिक बैंक खाता नं मा जम्मा गरिने पुस्तकालयका प्रबन्ध समितिका कोषाध्यक्ष राजेन्द्र रैका ले बताउनु भयो