भोटेकोशी र त्रिशूलीको बाढीपछि पृथ्वी राजमार्ग सञ्चालनमा

Image
Nisarga Hospital

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्ग आज साँझदेखि सञ्चालनमा आएको छ। काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार सडकमा थुप्रिएको लेदो पन्छाएपछि यातायात सञ्चालन गरिएको हो।

CP Hospital Dhangadhi

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राजमार्ग खुलेसँगै लामो समयदेखि अलपत्र परेका सवारीसाधनलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको जानकारी दिए। उनका अनुसार रातभर राजमार्गमा रोकिएका सवारीसाधनलाई क्रमशः सुरक्षित स्थानतर्फ पठाइनेछ।

Attariya Hospital

यस्तै, नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले शनिबार बिहानदेखि काठमाडौँबाट सार्वजनिक सवारीसाधन उपत्यकाबाहिर पठाउने तयारी गरिएको बताए। उनका अनुसार रातभर राजमार्गमा रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाएपछि मात्रै नियमित रूपमा सार्वजनिक यातायात सञ्चालन गरिनेछ।

nawajiwan