
रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ५५३ पुगेको छ। बाढीको प्रभाव रसुवा हुँदै धादिङ, नुवाकोट, गोरखा, तनहुँ, चितवन तथा नवलपरासीसम्म फैलिएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा सम्बन्धित निकायले खोजी, उद्धार र राहत कार्यलाई तीव्रता दिएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार हालसम्म विभिन्न जिल्लाबाट ५५३ जनाको शव फेला परेको छ। बाढी प्रभावित क्षेत्रबाट १ हजार ४७३ जनाको उद्धार गरिएको छ भने घाइतेमध्ये केहीलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि घर फर्किएका गरी ९७ जना रहेको प्रहरीले जनाएको छ।
बाढीपछि सर्वसाधारणसँगै सुरक्षाकर्मी तथा सरकारी कर्मचारीसमेत सम्पर्कविहीन भएका छन्। हालसम्म २ हजार ३८१ जना सम्पर्कविहीन रहेको र बेपत्ताको खोजी कार्यलाई थप तीव्र बनाइएको छ।

बाढीको पछिल्लो विवरण :
- कुल मृत्यु : ५५३ जना
- चितवन : २२२ जनाको शव फेला
- नवलपरासी पूर्व : १३४ जना
- गोरखा : ४७ जना
- धादिङ : ४० जना
- नुवाकोट : ३८ जना
- तनहुँ : ३१ जना
- नवलपरासी पश्चिम : २८ जना
- रसुवा : १३ जना

उद्धारको अवस्था :
- कुल उद्धार : १ हजार ४७३ जना
- रसुवाबाट उद्धार : ५७२ जना
- नुवाकोटबाट उद्धार : ८९८ जना
- धादिङबाट उद्धार : ३ जना
- उपचाररत तथा डिस्चार्ज : ९७ जना
सम्पर्कविहीन सुरक्षाकर्मी :
- नेपाली सेना : ४४ जना
- नेपाल प्रहरी : २७ जना
- सशस्त्र प्रहरी बल : १३ जना
- कुल सम्पर्कविहीन : २ हजार ३८१ जना
प्रभावित क्षेत्रमा सम्भावित जोखिमयुक्त स्थानमा खोजी तथा उद्धार अभियान निरन्तर जारी रहेको प्रहरीले जनाएको छ।































