भोटेकोशी बाढीपछि ५७९ शव फेला, ५११ शव विभिन्न अस्पतालमा व्यवस्थापन

Image
Nisarga Hospital

रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङसहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपछि सुरक्षा निकाय उद्धार, खोज तथा राहतमा खटिरहेका छन् भने मृतकको शव संकलन र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

CP Hospital Dhangadhi

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार साँझसम्म ५७९ शव फेला परेकामा ५११ शव विभिन्न अस्पतालमा पुर्‍याइएको छ।

शव व्यवस्थापनको विवरण :

nawajiwan
Attariya Hospital
  • रसुवा : ३ शव जिल्ला अस्पताल धुन्चेमा।
  • धादिङ : २७ शव पोखरा र १० शव त्रिवि शिक्षण अस्पतालमा।
  • नुवाकोट : ३८ शव त्रिवि शिक्षण अस्पतालमा।
  • चितवन : १७१ जिल्ला अस्पताल भरतपुरसहित विभिन्न अस्पतालमा ५ शव तथा औद्योगिक व्यावसायिक विकास प्रतिष्ठानमा ४१ शव।
  • तनहुँ : ९ शव मणिपाल, ५ प्रादेशिक अस्पताल दमौली र १४ गण्डकी अस्पतालमा।
  • गोरखा : २९ प्रदेश अस्पताल, ११ गण्डकी अस्पताल र ४ नुप अस्पतालमा।
  • पूर्वी नवलपरासी : मध्यविन्दु, गैँडाकोट, डण्डा, पाल्पा तथा गण्डकी अस्पतालमा शव राखिएका छन्।
  • पश्चिम नवलपरासी : पृथ्वीचन्द्र, लुम्बिनी प्रादेशिक, भीम तथा पिपरा अस्पतालमा शव व्यवस्थापन गरिएको छ।

प्राधिकरणका अनुसार अन्य शव पनि पायक पर्ने अस्पतालमा लैजाने र पहिचान तथा व्यवस्थापनका लागि सम्बन्धित स्थानमा पुर्‍याउने कार्य भइरहेको छ। खोजी तथा उद्धार अभियानसमेत निरन्तर जारी रहेको छ।