त्रिशूलीमा खतराको तहभन्दा ३ मिटर माथि जलसतह, तटीय क्षेत्रमा सतर्कता

Image
Nisarga Hospital

पछिल्लो भारी वर्षाका कारण केही प्रमुख नदीमा जलसतह बढेर सतर्कता तथा खतराको तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार धादिङस्थित त्रिशूली नदीमा जलसतह खतराको तहभन्दा करिब ३ मिटर माथि पुगेको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण त्रिशूली नदीमा जलसतह बढेको हो। यस्तै, गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा भएकाले नारायणी नदी तथा यसका सहायक नदीमा समेत जलसतह बढ्न सक्ने अनुमान गरिएको छ।

सुनकोशी नदीको खुर्कोट, सिन्धुलीस्थित जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ। त्यसकारण सुनकोशी नदीको तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

nawajiwan
Attariya Hospital

पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा धेरै भारी वर्षा मापन भएको थियो। भारी वर्षाका कारण त्यस क्षेत्रबाट बग्ने तथा तल्लो तटीय क्षेत्रमा रहेका नदीमा जलसतह बढेको महाशाखाले जनाएको छ।

महाशाखाले नदी आसपासका बासिन्दालाई मौसम तथा बाढीसम्बन्धी सूचना निरन्तर हेर्न, नदी किनारमा नजान र जोखिम देखिएमा तत्काल सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।