सप्तकोशीमा जलसतह बढ्दो, कोशी ब्यारेजका २५ ढोका खोलिए

Image
Nisarga Hospital

सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढेपछि कोशी ब्यारेजका २५ वटा ढोका खोलिएका छन्। जलसतह बढ्दै गएपछि ब्यारेजमा पानीको निकास बढाउन ढोका खोलिएको हो।

CP Hospital Dhangadhi

यसअघि हिजो साँझ प्रतिसेकेन्ड २ लाख १० हजार ९२५ क्युसेक पानीको बहाव हुँदा २१ वटा ढोका खोलिएका थिए। पछिल्लो मापनमा पानीको बहाव १ लाख ९२ हजार ५३५ क्युसेक पुगेपछि २५ वटा ढोका खोलिएको जनाइएको छ।

Attariya Hospital

कोशी ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केतस्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने व्यवस्था छ। हाल डुबानको प्रत्यक्ष जोखिम नरहे पनि जलसतह निरन्तर बढिरहेकाले आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

nawajiwan

जिल्ला प्रहरी कार्यालय सुनसरीले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने, दाउरा सङ्कलन गर्ने लगायत जोखिमपूर्ण गतिविधि नगर्न अनुरोध गरेको छ। साथै, आवश्यक सावधानी अपनाउन र जोखिमयुक्त क्षेत्रमा नजान सम्बन्धित सबैलाई आग्रह गरिएको छ।