१ करोड २० लाख जुटाउँदै एमाले, राहत कोषमा होइन प्रत्यक्ष पीडितसम्म पुर्‍याउने योजना

Image
Nisarga Hospital

नेकपा एमालेले रसुवाको बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि कम्तीमा १ करोड २० लाख रुपैयाँ जुटाउने घोषणा गरेको छ। पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा केन्द्रीय तहबाटै विपद् व्यवस्थापन कोष परिचालन गर्ने जानकारी दिएका हुन्।

CP Hospital Dhangadhi

कार्यक्रममा एमालेको बागमती प्रदेश कमिटी र राजधानी विशेष प्रदेश कमिटीले १०–१० लाख रुपैयाँका दरले कुल २० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेका थिए। बाँकी रकम संकलन गरी विपद् प्रभावित क्षेत्रमा परिचालन गरिने ओलीले बताए।

Attariya Hospital

सरकारी राहत कोषमा रकम जम्मा गर्दा वास्तविक पीडितसम्म सहयोग पुग्न ढिलाइ हुन सक्ने भन्दै ओलीले एमालेले प्रत्यक्ष र छिटो राहत पुर्‍याउने संयन्त्र अपनाउने बताएका छन्। उनका अनुसार पार्टीको प्राथमिकता कोषमा रकम जम्मा गर्नु मात्र नभई प्रभावित नागरिकको तत्काल आवश्यकता सम्बोधन गर्नु हो।

nawajiwan

ओलीले विपद्को समयमा राजनीतिक तथा संस्थागत सीमाभन्दा माथि उठेर सबै पक्ष जिम्मेवार ढंगले राहत र पुनर्स्थापनामा जुट्नुपर्नेमा जोड दिए। भोटेकोशी बाढीपछि विभिन्न राजनीतिक दल, निजी क्षेत्र, संघसंस्था तथा व्यक्तिहरूले राहत सहयोग जुटाउने क्रम जारी छ।