बाढी–पहिरोको जोखिमपछि चीनले तातोपानी नाका अनिश्चितकालका लागि बन्द गर्‍यो

Image
Nisarga Hospital

बाढी र पहिरोको जोखिम बढेपछि चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी नाकाको टिमुरे बजार, भन्सार तथा अध्यागमन कार्यालयहरू ध्वस्त पारेपछि चीनले तातोपानी नाकासमेत बन्द गरेको हो।

CP Hospital Dhangadhi

ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी निरौलाका अनुसार सिन्धुपाल्चोकको लिपिङ क्षेत्रमा पहिरोको जोखिम अझै कायम रहेकाले चिनियाँ पक्षले तत्काल व्यापारिक गतिविधि सञ्चालन गर्ने सम्भावना छैन। सडक तथा आसपासका क्षेत्रमा जोखिम कायम रहेकाले सुरक्षालाई प्राथमिकता दिँदै नाका बन्द गरिएको हो।

Attariya Hospital

यद्यपि, तातोपानी नाकाबाट यात्रुहरूको आवतजावत भने जारी रहने जनाइएको छ। व्यापारिक प्रयोजनका लागि नाका बन्द हुँदा नेपाल–चीनबीचको आयात–निर्यात प्रभावित हुने देखिएको छ।

nawajiwan

यसअघि नै रसुवागढी नाका बाढीबाट क्षतिग्रस्त भएर ठप्प रहेकाले दुवै प्रमुख उत्तरी नाका बन्द भएका छन्। तातोपानी र रसुवागढी दुवै नाका सञ्चालनमा नरहेपछि नेपालका लागि चीनतर्फको व्यापारिक गतिविधि सञ्चालन गर्ने प्रमुख विकल्पका रूपमा मुस्ताङको कोरला नाका मात्रै बाँकी रहेको छ।