आज देशभर बदली, पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital

आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

CP Hospital Dhangadhi

दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा वर्षा हुनसक्नेछ। कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Attariya Hospital

राति पनि देशभर बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा वर्षा वा हिमपात हुनसक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा समेत मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।

nawajiwan

राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। तराईका विभिन्न क्षेत्रमा पनि वर्षाको सम्भावना रहेकाले यात्रा गर्दा आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।