कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिरै ग्यास भरेर काठमाडौं ल्याइने

Image
Nisarga Hospital

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएर राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा ग्यास आपूर्ति सहज बनाउन राजधानी बाहिरै एलपी ग्यास भरेर ल्याइने भएको छ। ग्यास बोकेका बुलेट काठमाडौं आउन नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका उद्योगले वैकल्पिक व्यवस्था गरेका हुन्।

CP Hospital Dhangadhi

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ। उपत्यका र छिमेकी जिल्लाका १६ उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी पूर्वका उद्योगसँग समन्वय गरी ग्यास भर्नेछन्।

Attariya Hospital

संघका सदस्य तथा बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले कृष्णभीरको सडक नखुलेसम्म बाहिरी जिल्लाका उद्योगमा ग्यास भरेर वैकल्पिक मार्ग हुँदै काठमाडौं ल्याइने बताए। उनका अनुसार त्रिभुवन राजपथलगायत सडक प्रयोग गरिनेछ।

nawajiwan

बाहिरी उद्योगमा ग्यास भर्ने काम सुरु भइसकेकाले उपत्यकामा अभाव नहुने कालाखेतीले बताए। उनले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गरेका छन्। विभिन्न कम्पनीले बाहिरी उद्योगसँग समन्वय गरी ग्यास भर्ने काम थालिसकेका छन्।