रसुवा बाढीमा मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

Image
Nisarga Hospital

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकामध्ये हालसम्म ९८७ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म विभिन्न जिल्लाबाट उक्त संख्यामा शव फेला परेको हो।

CP Hospital Dhangadhi

प्राधिकरणका अनुसार रसुवामा २७, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७० तथा चितवनमा ३२१ जनाको शव फेला परेको छ।

Attariya Hospital

बाढीको त्रासदी अझै कायमै रहेको छ। प्राधिकरणको पछिल्लो विवरणअनुसार ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेका छन् भने २७९ जना घाइते भएका छन्। हालसम्म सुरक्षाकर्मी तथा उद्धार टोलीले ११ हजार ८१४ जनाको सकुशल उद्धार गरेको जनाएको छ।

nawajiwan

भोटेकोशीबाट आएको विनाशकारी बाढीले रसुवासहित त्रिशूली र नारायणी नदी आसपासका जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको प्राधिकरणले जनाएको छ।