बाढी प्रभावित क्षेत्रमा सक्रिय ‘ग्रीन आर्मी नेपाल’ वास्तवमा के हो ?

Image
Nisarga Hospital

त्रिशूली क्षेत्रको बाढी तथा विपद् प्रभावित क्षेत्रमा उद्धार र राहतमा सक्रिय देखिएको ‘ग्रीन आर्मी नेपाल’ पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा छ। नेपाली सेनाजस्तै देखिने पोशाकका कारण कतिपयले यसलाई प्रधानमन्त्री बालेन शाहसँग जोड्दै ‘निजी आर्मी’सम्म टिप्पणी गरेका छन्। तर, संस्थाका चिफ मार्सल सविन शर्माका अनुसार यो कुनै राजनीतिक दल वा स्थानीय तहको फौज नभई वातावरण संरक्षण, मानवीय सेवा र विपद् व्यवस्थापनमा केन्द्रित स्वयम्सेवी संस्था हो।

CP Hospital Dhangadhi

संस्थाका अनुसार यसको अवधारणा २०७२ सालको विनाशकारी भूकम्पपछि राहत तथा उद्धारमा सक्रिय युवाहरूबाट सुरु भएको हो। पछि विद्यालय तहका विद्यार्थीलाई समेटेर सरसफाइ, राहत वितरण, वातावरण संरक्षण तथा विपद् सचेतनासम्बन्धी गतिविधि सञ्चालन गरियो।

Attariya Hospital

‘ग्रीन आर्मी नेपाल’ २०७७ भदौ ११ गते मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता भएको र समाज कल्याण परिषद्मा समेत आबद्ध रहेको संस्थाको दाबी छ। पोशाक र नामबारे गृह तथा रक्षा मन्त्रालय हुँदै नेपाली सेनाको राय लिएर जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत अनुमति लिइएको पनि शर्माले बताएका छन्।

nawajiwan

संस्थाले देशभर करिब ४००–५०० विद्यालयमा विद्यार्थीलाई अनुशासन, प्राथमिक उपचार, सरसफाइ, जैविक मल तथा विपद् प्रतिकार्यसम्बन्धी तालिम दिँदै आएको जनाएको छ। हालसम्म करिब ३० हजार विद्यार्थीलाई ‘ग्रीन वारियर्स’का रूपमा तालिम दिइसकिएको संस्थाको भनाइ छ।