त्रिशूली–३ए सुरुङभित्र मानिसको आवाज सुनिएको जानकारी, उद्धारमा जुट्यो विशेष टोली

Image
Nisarga Hospital

त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी तथा उद्धारमा आशालाग्दो संकेत देखिएको छ। सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त भएपछि उद्धार कार्यलाई थप तीव्रता दिइएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले बताएका छन्।

CP Hospital Dhangadhi

उद्धारमा खटिएको नेपाली सेनाको टोलीले सुरुङभित्रबाट मानिसको आवाज सुनिएको जानकारी दिएपछि नेपाली सेना र सशस्त्र प्रहरीको विशेष उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्यमा जुटिरहेको छ।

कार्यस्थलमै रहेर उद्धार कार्यमा संलग्न सांसद न्यौपानेले सामाजिक सञ्जालमार्फत सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको र उद्धार टोलीले तीव्रताका साथ काम गरिरहेको जानकारी दिएका छन्।

nawajiwan

Attariya Hospital

सुरुङभित्र मानिसको आवाज सुनिनुलाई उद्धारका लागि सकारात्मक र आशाजनक संकेतका रूपमा लिइएको छ। उद्धार टोलीले सम्भावित स्थान पहिचान गर्दै अवरोध हटाउने र फसेका व्यक्तिसम्म पुग्ने प्रयास गरिरहेको छ।

सांसद न्यौपानेले कठिन परिस्थितिमा निरन्तर उद्धार कार्यमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गरेका छन्। उनले सुरुङभित्र रहेका सबै व्यक्तिको सकुशल उद्धार हुने विश्वास व्यक्त गर्दै छिट्टै सुखद खबर सुन्न पाइने अपेक्षा गरेका छन्।