कृष्णभीरमा अस्थायी ट्र्याक जोडियो, यातायात सञ्चालन अझै बाँकी

Image
Nisarga Hospital

पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोका कारण अवरुद्ध सडक खुलाउन भइरहेको काममा महत्वपूर्ण प्रगति भएको छ। सडक विभागका अनुसार शनिबार दिउँसो १ः३० बजेसम्म पहिरो प्रभावित क्षेत्रको भित्री भागबाट दुवैतर्फ खनिएको नयाँ ट्र्याक जोडिएको हो।

CP Hospital Dhangadhi

पहिरो हटाउन दुवैतर्फबाट खन्ने कार्यलाई तीव्रता दिइएको थियो। हालसम्म दुवैतर्फ गरी कुल २५२ मिटर ट्र्याक खनिएपछि अस्थायी मार्ग जोडिएको विभागले जनाएको छ।

Attariya Hospital

तर, जोडिएको ट्र्याक प्रारम्भिक चरणको मात्र भएकाले अहिले एक्स्काभेटरलगायत निर्माण मेसिन मात्रै आवतजावत गर्न सक्ने अवस्था छ। उक्त मार्गलाई पूर्ण रूपमा यातायात सञ्चालन योग्य बनाउन थप काम आवश्यक रहेकाले केही समय लाग्ने विभागले जनाएको छ।

nawajiwan