
रमेश बहादुर सिंह /बझाङ : चैनपुर सहरी तथा खानेपानी सरसफाइ उपभोक्ता समितिको नयाँ कार्यसमिति चयन भएको छ। सम्पन्न निर्वाचनको मतगणनाबाट लोकेन्द्रबहादुर बिष्ट अध्यक्षमा पुनः निर्वाचित भएका छन्।

कुल ७०९ मत गणना हुँदा अध्यक्ष पदमा लोकेन्द्रबहादुर बिष्टले ४१९ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी लोकेन्द्र खड्काले १२५ र नरेन्द्र खड्काले १२१ मत प्राप्त गरेका थिए।
नवनिर्वाचित कार्यसमितिमा कलकबहादुर बोहरा र देवेन्द्र खड्का उपाध्यक्ष, निरन बिष्ट सचिव,र सहसचिव मासुनिलकुमार दमाई र जनक धामि निर्वाचित भएका छन् भने कोषाध्यक्षमा देवकी सिंह निर्वाचित भएकि छन्।


त्यस्तै, सुशीलराम जोशी जनजाति सदस्यमा निर्वाचित भएका छन्। सदस्यतर्फ कृष्णबहादुर पुजारा, ईश्वरनाथ जोशी, किशोर खड्का, पुरन जोशी, भीमबहादुर बोहरा, दुर्गा देवी बम्म, निर्मला कुमारी सिंह (खड्का) र सञ्जली कुमारी पुजारा (बोहरा) निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष लोकेन्द्रबहादुर बिष्टले समितिको नेतृत्व गर्दै चैनपुर क्षेत्रका उपभोक्तालाई स्वच्छ, नियमित र प्रभावकारी खानेपानी सेवा उपलब्ध गराउने तथा सरसफाइ व्यवस्थापनलाई थप व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
निर्वाचनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। नयाँ कार्यसमितिबाट खानेपानीको दिगो व्यवस्थापन, सेवा सुधार र उपभोक्ताको हितमा प्रभावकारी काम हुने अपेक्षा गरिएको छ।































