महाधिवेशनको मिति एक दिन पनि सर्दैन : सभापति थापा

Image
Nisarga Hospital

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन्। शुक्रबार गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा आयोजित ‘समीक्षा तथा भावी योजना’ कार्यक्रममा बोल्दै सभापति थापाले महाधिवेशनको तिथिमिति एक दिन वा एक घण्टा पनि तलमाथि नहुने बताएका हुन्।

CP Hospital Dhangadhi

उनले असोज ४ गतेदेखि अधिवेशन प्रक्रिया सुरु हुने र असोज १६ गतेदेखि केन्द्रीय महाधिवेशन प्रारम्भ हुने जानकारी दिए। संविधान, पार्टीको विधान तथा सर्वोच्च अदालतको फैसलाले पार्टीलाई निर्धारित समयमा महाधिवेशन गर्न बाँधेकाले कुनै पनि अवस्थामा मिति परिवर्तन नहुने उनको भनाइ थियो।

Attariya Hospital

महाधिवेशनको मिति र अधिवेशनहरूबारे केही नेतामा अन्योल देखिए पनि त्यसमा शंका गर्नुपर्ने अवस्था नरहेको थापाले बताए। उनले महाधिवेशनमा सहभागी हुन कसैलाई वञ्चित नगरिएको भन्दै सबै नेता–कार्यकर्ताको सहभागिता रहने विश्वास व्यक्त गरे।

nawajiwan

सभापति थापाले महाधिवेशनपछि कांग्रेसले देशभर संगठन विस्तारलाई प्राथमिकता दिने बताए। त्यसक्रममा ७७ वटै जिल्लामा पुगेर गाउँ–गाउँसम्म पार्टीको गतिविधि विस्तार गर्ने उनको भनाइ छ।