प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा

Image
Nisarga Hospital

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म विभिन्न ९ वटा बैंकमा रहेको कोषको खातामा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ रुपैयाँ जम्मा भएको हो।

CP Hospital Dhangadhi

त्यसैगरी, कोषका अन्य दुई बैंकमा रहेको अमेरिकी डलर खातामा दुई करोड ३७ लाख ६ हजार ५७५ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। डलर खातामा रहेको रकमसमेत नेपाली रुपैयाँमा गणना गर्दा कोषमा जम्मा भएको कुल रकम १४ अर्ब दुई करोड रुपैयाँभन्दा बढी पुगेको हो।

कोषमा विभिन्न व्यक्ति, संघसंस्था, निजी क्षेत्र तथा अन्य निकायबाट सहयोग रकम जम्मा हुँदै आएको छ। प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत, उद्धार तथा पुनःस्थापनाका लागि कोषको रकम परिचालन गरिँदै आएको छ।

nawajiwan
Attariya Hospital

यसअघि केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि कोषबाट एक अर्ब रुपैयाँ निकासा गरिएको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत उक्त रकम बाढीपीडितको राहत तथा व्यवस्थापनका लागि उपलब्ध गराइएको हो।

भोटेकोशी बाढीका कारण रसुवा लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग जुटिरहेको छ।