बाढीपछि सर्वदलीय बैठकमा रविको दाबी : ‘प्रधानमन्त्री बालेन निरन्तर छलफलमा हुनुहुन्छ’

Image
Nisarga Hospital

रास्वपा सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाह प्रभावित क्षेत्रको अवस्थाबारे संवेदनशील भएर काम गरिरहेको दाबी गरेका छन्। बुधबार सिंहदरबारमा भएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले प्रधानमन्त्रीले बैठकलाई बेवास्ता नगरेको बताएका हुन्।

CP Hospital Dhangadhi

उनका अनुसार प्रधानमन्त्री शाह स्थानीय तहका जनप्रतिनिधिसँग निरन्तर संवादमा छन् र प्रभावित क्षेत्रका नागरिक तथा प्रतिनिधिसँग प्रत्यक्ष जोडिएर अवस्थाबारे जानकारी लिइरहेका छन्।

Attariya Hospital

लामिछानेले सरकार र पार्टीको जिम्मेवारी स्पष्ट रूपमा छुट्याएर अघि बढिरहेको पनि बताए। उनका अनुसार पार्टीले आफ्नो जिम्मेवारी र सरकारले सरकारको जिम्मेवारी सम्हालिरहेको छ।

nawajiwan

‘वडाध्यक्षदेखि पालिकाका जनप्रतिनिधिसँग घन्टौँ कुरा गर्ने काम भइरहेको छ,’ उनले भने। भोटेकोशी बाढीको क्षति, राहत, पुनःस्थापना तथा आगामी विपद् व्यवस्थापनबारे छलफल गर्न रास्वपाको आह्वानमा सर्वदलीय बैठक बसेको हो।