बाढीपीडितको राहतका लागि अत्तरियाको गुराँस एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप कोषमा आर्थिक सहयोग

Image
Nisarga Hospital
अत्तरियाः कैलालीको अत्तरियास्थित गुराँस एकेडेमीले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा उद्धारका लागि आर्थिक सहयोग प्रदान गरेको छ।
CP Hospital Dhangadhi
गत २०८३ भदौ १० गते आएको विनाशकारी बाढीले पुर्‍याएको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विद्यालयले पीडित परिवारहरूप्रति ऐक्यबद्धता जनाएको छ। विपद्को यस कठिन घडीमा मानवीय दायित्व बोध गर्दै गुराँस एकेडेमी परिवारका सम्पूर्ण शिक्षक, कर्मचारी, विद्यार्थी र विद्यालय प्रशासनको संयुक्त प्रयासमा संकलित कुल रु. १,०१,१११ (अक्षरेपी एक लाख एक हजार एक सय एघार रुपैयाँ मात्र) आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खाता नम्बर ११३०१००००३७६६००१ मा जम्मा गरिएको छ।
nawajiwan
Attariya Hospital
सहयोग रकमको विवरण तपसिल बमोजिम रहेको छ:
    • विद्यार्थीहरूबाट संकलित: रु. २७,५१५/-
    • शिक्षक तथा कर्मचारीहरूबाट संकलित: रु. ३०,२७०/-
    • विद्यालय प्रशासनको तर्फबाट: रु. ४३,३२६/-
    • जम्मा कुल रकम: रु. १,०१,१११/-

“मानवीय सेवा नै सबैभन्दा ठूलो धर्म हो” भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै विद्यालयका प्राचार्य प्रेम बहादुर विष्टले बाढीमा परि घरबार गुमाएका परिवारहरू प्रति सहानुभूति प्रकट गर्नुभएको छ। साथै, यस संकटको समयमा स्वतःस्फूर्त रूपमा सहयोग गर्ने सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरूलाई विद्यालयले धन्यवाद ज्ञापन गरेको छ।