
धनगढीः धनगढी उपमहानगरपालिका–३ बडहरामा रहेको पिस ल्याण्ड रिसोर्टले ग्राहकलाई लक्षित गर्दै १५ लाख रुपैयाँ बराबरको उपहार योजना सञ्चालन गर्ने भएको छ।

रिसोर्टले आफ्नो पाँच वर्षे यात्राको अवसरमा ‘लक्की बिल’ योजना ल्याउन लागेको हो। योजना असोज १ गतेदेखि सुरु हुनेछ। निर्धारित संख्यामा बिल संकलन भएपछि लक्की ड्रमार्फत विजेता छनोट गरी विभिन्न उपहार प्रदान गरिने रिसोर्टका सञ्चालक कविन्द्र ऐरले जानकारी दिए।
योजनामा सहभागी हुन रिसोर्टमा सेवा तथा परिकार खरिद गरेपछि प्राप्त हुने बिल सुरक्षित राख्नुपर्नेछ। लक्की ड्रमार्फत विजेता घोषणा भएपछि पुरस्कार प्राप्त गर्न सम्बन्धित बिल अनिवार्य रूपमा पेस गर्नुपर्ने सञ्चालक ऐरले बताए।


ग्राहकको स्वाद र आवश्यकतालाई ध्यानमा राख्दै पिस ल्याण्ड रिसोर्टमा तन्दुरी चिकेन, तन्दुरी फिस, विभिन्न फास्ट फुड, चाइनिज तथा इन्डियन परिकार उपलब्ध रहेको रिसोर्टले जनाएको छ।
त्यसैगरी, रिसोर्टमा प्राइभेट स्विमिङ पुल, प्राइभेट हल, प्राइभेट गेस्ट रुम तथा प्राइभेट क्याबिनको सुविधा समेत रहेको छ। ग्राहकको सहजताका लागि पर्याप्त पार्किङको व्यवस्था गरिएको रिसोर्टले जनाएको छ।
पाँच वर्षदेखि ग्राहकको विश्वास र साथ पाउँदै आएको रिसोर्टले लक्की बिल योजनामार्फत ग्राहकसँगको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरेको छ। असोज १ गतेदेखि सुरु हुने योजनामा सम्पूर्ण ग्राहकलाई सहभागी हुन सञ्चालक ऐरले आग्रह गरेका छन्।






























