एन्फा कार्यालयमा सीआईबीको छापा, अनुसन्धानका लागि कागजात नियन्त्रणमा

Image
Nisarga Hospital

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा छापा मारेको छ।

CP Hospital Dhangadhi

सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तथा प्रवक्ता अनुपम शमशेर जबराले शुक्रबार एन्फा मुख्यालयमा छापा मारिएको पुष्टि गरेका छन्। उनका अनुसार अनुसन्धानका क्रममा आवश्यक पर्ने विभिन्न कागजात तथा सामग्री सीआईबीको टोलीले नियन्त्रणमा लिएको छ।

एन्फा कार्यालयमा छापा मार्नुको कारण र अनुसन्धानको विषयबारे भने सीआईबीले विस्तृत जानकारी सार्वजनिक गरेको छैन। अनुसन्धानका लागि आवश्यक प्रमाण तथा कागजात संकलन गर्ने क्रममा कार्यालयमा छापा मारिएको जनाइएको छ।

nawajiwan
Attariya Hospital

सीआईबीको टोलीले एन्फाका विभिन्न शाखा तथा सम्बन्धित कागजातको अध्ययन र संकलन गरेको बताइएको छ। अनुसन्धान अघि बढेसँगै घटनासँग सम्बन्धित थप तथ्य बाहिर आउने अपेक्षा गरिएको छ।

एन्फासम्बन्धी विषयमा सीआईबीले अनुसन्धान अघि बढाएपछि नेपाली फुटबल क्षेत्रमा समेत चासो बढेको छ। यद्यपि, अनुसन्धानको निष्कर्ष नआएसम्म घटनासँग सम्बन्धित विषयमा थप विवरण सार्वजनिक हुन बाँकी छ।