कांग्रेसको १५औँ महाधिवेशन : आजदेखि वडा अधिवेशन, दुई समूहका छुट्टाछुट्टै कार्यतालिका

Image
Nisarga Hospital

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि वडा तहबाट सुरु हुँदैछ। केन्द्रीय महाधिवेशनको तयारीसँगै देशभरका गाउँ तथा वडा तहमा अधिवेशनको चहलपहल बढेको छ। पार्टीको संशोधित कार्यतालिकाअनुसार असोज ३ र ४ गते देशभरका ६ हजार ७ सय ४३ वडामा अधिवेशन हुँदैछ। स्थानीय अनुकूलताअनुसार शनिबार वा आइतबार अधिवेशन सम्पन्न गर्न सकिने व्यवस्था गरिएको छ।

CP Hospital Dhangadhi

वडा अधिवेशनबाट वडा कार्यसमिति गठनसँगै क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्। कांग्रेसका अनुसार यस प्रक्रियामा ठूलो संख्यामा क्रियाशील सदस्य सहभागी हुँदैछन्। वडा अधिवेशनलाई महाधिवेशनको प्रारम्भिक तथा महत्वपूर्ण चरणका रूपमा लिइएको छ।

तर, महाधिवेशनको कार्यतालिकालाई लिएर कांग्रेसभित्र मतभेद पनि देखिएको छ। संस्थापन पक्षले असोज ३ र ४ गतेदेखि अधिवेशन प्रक्रिया अघि बढाउँदै असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

nawajiwan
Attariya Hospital

यता पूर्वसभापति शेरबहादुर देउवा पक्षले भने संस्थापन पक्षको कार्यतालिकाभन्दा फरक तालिका अघि सारेको छ। देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। संस्थापन इतर समूहले पनि आफ्नै तयारी अघि बढाउँदै असोज १५ गतेको वडा अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ।

यसरी कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया वडा तहबाट सुरु भइरहँदा पार्टीभित्र दुई फरक कार्यतालिका देखिएका छन्। अब वडा तहका अधिवेशन र त्यसबाट चयन हुने प्रतिनिधिहरूले आगामी महाधिवेशन प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्।