माथिल्लो त्रिशूली–१ को सुरुङमा थप ११ शव फेला

Image
Nisarga Hospital

रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा शनिबार थप ११ वटा शव फेला परेका छन्। ग्याबिन जालीमा अल्झिएको तथा हिलोमा पुरिएको अवस्थामा शवहरू भेटिएका हुन्। नेपाली सेनाको टोलीले सबै शव बाहिर निकालेको जनाएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि आयोजनाका केही श्रमिक तथा कर्मचारी सम्पर्कविहीन भएका थिए। बेपत्ताको खोजीका क्रममा सुरुङभित्र शव भेटिएका हुन्। उक्त क्षेत्रमा अझै खोजी तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।

nawajiwan