आज देशभर बदली, कोशी–बागमती–गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। जसका कारण हिमाली तथा पहाडी भूभागमा सामान्य बदली र तराईमा आंशिक बदली रहेको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बागमतीका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो हिमाली र पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्नेछ।

Attariya Hospital

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराईमा आंशिक बदली रहनेछ।

nawajiwan

रातिको समयमा कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रमा पनि एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।