‎नेपाल सीएमए संघ बैतडीको अध्यक्षमा खगेन्द्र सिंह धामी चयन, पाटनमा सकियो अधिवेशन

Image
Nisarga Hospital

बैतडी:

CP Hospital Dhangadhi
Attariya Hospital

नेपाल सीएमए संघ बैतडीको नयाँ जिल्ला कार्यसमिति चयन भएको छ ।  बैतडीको पाटनमा आज आइतबार सम्पन्न संघको विशेष जिल्ला अधिवेशनले खगेन्द्रसिंह धामीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

‎स्वास्थ्यकर्मीहरूको उत्साहजनक सहभागितामा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि पदाधिकारी र सदस्यहरूको जिम्मेवारी बाँडफाँड गरेको छ । जसअनुसार संघको उपाध्यक्षमा पदम सिंह साउँद, सचिवमा मोहनदत्त कलौनी र कोषाध्यक्षको जिम्मेवारी चन्द्र जोशीले पाउनुभएको छ ।

‎यस्तै, कार्यसमितिको सदस्य पदमा रामसिंह मंगोला र धीरेन्द्रसिंह बिष्ट निर्वाचित हुनुभएको छ ।  अधिवेशनले संघको केन्द्रीय नीति तथा कार्यक्रमहरूमा जिल्लाको प्रतिनिधित्व गराउनका लागि तेजसिंह साउँद, मानसिंह बोहरा र गोविन्द बोहरालाई केन्द्रीय पार्षदका रूपमा चयन गरेको छ ।

‎अधिवेशनको बन्द सत्रमा जिल्लाभर कार्यरत सीएमए स्वास्थ्यकर्मीहरूको पेशागत सुरक्षा, हकहित संरक्षण र उनीहरूको क्षमता विकासका विषयमा गम्भीर समीक्षा गरिएको थियो । दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउन अहोरात्र खटिने स्वास्थ्यकर्मीहरूको भूमिकालाई अझ प्रभावकारी र व्यवस्थित बनाउने निर्णय समेत अधिवेशनले गरेको छ ।

‎नवनिर्वाचित अध्यक्ष धामीले जिल्लामा कार्यरत सबै सीएमएहरूको व्यावसायिक समस्या समाधान गर्न र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफ्नो कार्यसमिति सक्रियताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ‌ ।

nawajiwan