३५ उपसचिवको सरुवा, मन्त्रालयले सार्वजनिक गर्‍यो सूची

Image
Nisarga Hospital

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३५ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयको सोमबार बसेको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको हो। निर्णयअनुसार पुरुषोत्तम सुवेदीलाई कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौंमा सरुवा गरिएको छ भने केशरबहादुर पण्डितलाई श्रम तथा रोजगार प्रवर्द्धन विभाग, काठमाडौंमा पठाइएको छ। मन्त्रालयले सरुवा भएका सबै उपसचिवको विवरणसहितको सूची सार्वजनिक गरेको छ।

CP Hospital Dhangadhi
Attariya Hospital