गोदावरीको चौकीडाँडामा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडामा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्। मंगलबार पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २१ च २४२२ नम्बरको भ्यानले ओभरटेक गर्ने क्रममा कञ्चनपुरबाट अत्तरियातर्फ आउँदै गरेको से.प.प्र.०१–०१३ प ८१९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi

ठक्करपछि अनियन्त्रित भएको उक्त मोटरसाइकल अत्तरियाबाट कञ्चनपुरतर्फ जाँदै गरेको से.६ प ६०८१ नम्बरको अर्को मोटरसाइकलसँग ठोक्किएको थियो। दुर्घटनामा बेलडाँडी गाउँपालिका–१ का २० वर्षीय लोकेन्द्र साउँद र सोही ठाउँका करिब २३ वर्षीय विनोद बडुवाल घाइते भएका छन्। यस्तै, अर्को मोटरसाइकलका चालक कृष्णपुर नगरपालिका–५ का करिब २५ वर्षीय होमिन चौधरी पनि घाइते भएका छन्।

Attariya Hospital

तीनै जनाको अत्तरिया अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि फरार भएको भ्यानलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

nawajiwan