भारी वर्षाको जोखिम बढेपछि धनगढीका विद्यालयलाई बिदा दिन सूचना

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिकाले भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै नगर क्षेत्रका विद्यालयलाई जोखिम विश्लेषण गरी आवश्यकताअनुसार बिदा दिन सूचना जारी गरेको छ।

CP Hospital Dhangadhi

उपमहानगरपालिकाले असोज ९, १० र ११ गते देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान रहेको जनाएको छ। वर्षाका कारण बाढी, पहिरो, डुबान, नदी कटान, सडक अवरोध तथा विद्युत् र सञ्चार सेवामा समस्या आउन सक्ने जोखिम रहेको भन्दै विद्यालयलाई आवश्यक निर्णय गर्न भनिएको हो।

Attariya Hospital

शाखा अधिकृत घुम्मन सिंह बडायकद्वारा जारी सूचनामा स्थानीय बिदाबाट कट्टी हुने गरी विद्यालय बन्द गर्न सकिने उल्लेख छ। साथै अभिभावकलाई आफ्ना बालबालिकालाई नदी, खोला, पोखरी, डुबान तथा नदी कटान क्षेत्र र पहिरोको जोखिम भएका स्थानमा जान नदिन आग्रह गरिएको छ।

nawajiwan

असोज ९ देखि ११ गतेसम्म देशभर वर्षाको उच्च सम्भावना रहेकाले कैलालीका अधिकांश स्थानीय तहले असोज ९ गते विद्यालयमा बिदा दिने निर्णय गरेका छन्।